७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने फैसलाको कैफियत प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई थुनामा राख्न माग गर्दै दायर निवेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो । न्यायाधीश हरि फुयाँलको इजलासले यस्तो आदेश दिएको हो ।

लामिछाने विरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात अब सर्वोच्चमा बुझाउनुपर्नेछ ।

आदेशमा लामिछानेलाई किन र के आधारमा छाडेको हो भन्ने विवरण सहितको प्रतिवेदन मगाउन भनिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले नाबालिग बलात्कारका आरोपित क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा दिएको निवेदन बिहीबार दर्ता भएको थियो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १ : १२ बजे

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी