खोटाङ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका-३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका-६ भदौरेको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको अवसर पारेर पाँच दिनसम्म लाग्ने गरेको छ । माघे सङ्क्रान्तिको अवसरमा दूधकोसीमा मकर नुहाउने र मेला भर्ने हजारौँ मानिसको भीड लाग्ने…