काठमाडौं । सोलुखुम्बुमा सगरमाथा आधार शिविरबाट फर्केका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई कोरोना संक्रमण पुष्टि भएको खुम्बुपासाङ ल्हामु गाउँपालिकाका…