लमजुङ । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् । चुनावी माहोल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद…