७ आश्विन २०८३, बुधबार | September 23, 2026

सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित



काठमाडौं । बालिका बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंमा चलिरहेको बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण आज पनि स्थगित भएको हो ।

गोला प्रथाद्वारा छानिदा अदालतमा रहेका कुनै पनि न्यायाधीशको बेञ्चमा पेशी नचढेपछि मुद्दा स्थगित हुन पुगेको हो । न्यायपरिषद्ले हालै मात्र काठमाडौं जिल्ला अदालतमा कार्यरत केही न्यायाधीश सरुवा गरेको छ । केही न्यायाधीश बढुवा भएर उच्च अदालत पुगेका छन् । अब मुद्दाको पेशी कहिले तोकिन्छ भन्ने कुनै टुंगो छैन ।

न्यायाधीश अभावका कारण गतसाता स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । उक्त मुद्दाको थुनछेक बहसपछि १८ कात्तिक २०७९ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

आफूमाथिको बलात्कारको आरोप सन्दीपले अस्वीकार गरेका थिए । थुनछेक आदेशसँगै अदालतले सम्बन्धित स्थानीय तहबाट पीडितको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति र नागरिकताको प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमको प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

यसबीचमा अदालतमा फरक(फरक जन्ममिति भएका कागजहरु आइपुगेका थिए । वडा कार्यालयले सुरुमा जिल्ला अदालतमा किशोरीले जन्मदर्ता गर्दाको जन्ममिति १८ असार २०६१ भएको विवरण पठाएको थियो । तर उक्त विवरणमा अदालतले प्रश्न उठाएर अभिलेख नै पठाउन आदेश दिएपछि वडा कार्यालयले जन्मदर्ता अनलाइन माध्यमबाट भएकाले कार्यालयमा अभिलेख नरहेको जवाफ पठाएको थियो ।

सन्दीपले पीडित किशोरी जन्मिँदा अदालतको अभिलेख किताबको विवरण पनि फरक परेको पाइएको थियो । उनले पीडितको जन्ममिति १८ जेठ २०६१ पुष्टि हुने गरी पठाएको विवरणमा पनि आमाको नाम, उमेर जस्ता विवरण फरक परेका कारण सत्यतामा प्रश्न उठेको थियो । त्यसपछि सन्दीप पक्षले जिल्ला अदालतमा पेश गरेको गौशाला २६ का अभिभावकको बसाइसराइको कागजपत्रबाट उनी १८ वर्ष उमेर पूरा भएको पुष्टि हुन सकेको थिएन ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ११ : ३८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज