अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपराज उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सिगाे देश निर्माणमा अमूल्य योगदान पुर्याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आराेपसमेत लगाए । नेता…