काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिका पदाधिकारीहरुले निर्वाचन आचारसंहिता उल्लँघन गरेको सूचना आउन थालेको जनाएको छ । आयोगले आज एक विज्ञप्ति प्रकाशित गर्दै आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा कतिपय स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको जानकारी आएको…