१६ बैशाख २०८१, आइतबार | April 28, 2024

तिलोत्तमाको केउलानीमा भएको झडपमा चक्कु प्रहारबाट एकजनाको मृत्यु



बुटवल । रुपन्देहीको तिलोत्तमामा दुईपक्षबीच झडप हुँदा एकजनाको ज्यान गएको छ । गएराती रुपन्देहीको तिलोत्तमामा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको हो ।

झडपमा परि तिनजना घाईते भएको र घाईतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मजदुरीकालागि बिभिन्न जिल्लबाट रुपन्देहीमा बसोबास गर्दै आएका समुहबीच झडप भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा गयराती दुई समूहबीच राती झडप हुँदा एकजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी दानबहादुर थापाले जानकारी दिए ।

विश्वकर्मा पुजाको प्रसाद भन्दै स्थानीय एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनिहरुका बीचमा सामान्य विवाद बढ्दै गई झडप भएको प्रहरीले जनाएको छ । झडपमा परि हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रहरीका अनुसार चक्कु प्रहारबाट गम्भिर घाईते भएका साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका १ बस्ने बिकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाईते छन्। उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको र दुईजनाको अवस्था गम्भिर रहेको डीएसपी थापाले बताए ।

घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। हत्यामा प्रयोग भएको चक्कु बरामद भएको र नियन्त्रणमा रहेका मध्य चक्कु प्रहार गर्नेको पहिचानका लागि अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ९ : ४० बजे

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा