ललितपुर । ललितपुर महानगरपालिका पनि फुटपाथ र सार्वजनिक स्थान व्यवस्थित गर्ने अभियानमा लाग्ने भएको छ । काठमाडौं महानगरपालिकाले फुटपाथमा रहेका पसल हटाउनुका साथै सार्वजनिक स्थानमा बनाइएका संरचना भत्काइरहेका बेला ललितपुरले पनि सिको गरेको हो । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरेर अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन भनेको छ । नक्सा स्वीकृत विना, मापदण्डविपरीत…