१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

हावाहुरीसँगै वर्षा हुन थालेपछि…

फुङ्लिङ । हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उनी यसो माथि घरको छानो हेर्छन । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ । यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवाका लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै…