२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिदैँ



काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भए पछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि अन्यौल बढेको सत्तारूढ दलका नेताहरुले जनाउँदै आएका छन् । उपसभामुख दनुवारले सभाको अध्यक्षता नगर्ने भए पछि सत्तारूढ दल सशंकित हुदैँ आएको छ ।

सो बैठक अघि नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिए पछि थापाको सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुने जनाईएको छ ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भए पछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ३७ बजे

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता

पार्टी भित्रै सत्ताका लागि लहसिने प्रवृत्ति रहेको छ : नैनसिंह महर

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी भित्रै

सरकार रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर

पूर्वन्यायाधीशको निधन भएपछि सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन्

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक