काठमाडौं । एसिसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले पहिलो इनिङमा ब्याटिङ गरिरहँदा सुरु भएको वर्षा नरोकिएपछि खेल ‘रिजर्भ डे’ मा सरेको हो । पहिलो इनिङको २७.३ ओभर चलिरहँदा…