काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड २०२६ को दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताबाट उत्कृष्ट विद्यार्थी छनोट गरी अन्तरराष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका लागि नेपालको टोली तयार गरिनेछ । सोसाइटीका अनुसार प्रथम चरण (प्रदेशस्तरीय) परीक्षाको नतिजाबाट छनोट भई प्रतियोगिता दोस्रो चरणमा प्रवेश गरेको हो । सात प्रदेशका मोरङ, धनुषा,…