७ भदौ २०८३, आइतबार | August 23, 2026

राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ । केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेकोलगायत विभिन्न समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भएको गुनासो बढ्न थालेपछि समाधानका लागि समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए…