१२ पुस २०८२, शनिबार | December 27, 2025

दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा माओवादीका पुन विजयी, उपाध्यक्षमा कांग्रेसका जीसी

काठमाडौं । दाङको बंगलाचुली गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुवास पुन विजयी भएका छन् । गठबन्धनको तर्फबाट माओवादी उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित हुँदा गठबन्धनबाटै उपाध्यक्षमा लडेका कांग्रेस उम्मेदवार भक्तबहादुर जिसी पनि विजयी भएका छन् । अध्यक्षमा विजयी पुनले ५,७४९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भेषराज खत्रीले ३,६७८ मत पाए ।…