१५ बैशाख २०८१, शनिबार | April 27, 2024

नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक भन्दै परेको रिटमा आज सुनवाई हुदैँ



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणित गरेको नागरिकता विधेयकमाथी परेको मुद्धाको रिटमा आज सुनवाई हुदैँछ ।

राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारी दर्ता गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनवाई हुन लागेको हो । सो रिट गत शुक्रबार दर्ता भएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनु अघि राष्ट्रपति पौडेलबाट प्रमाणीकरण गरेका विधेयक असंवैधानिक भएकाले लागू नगर्न-नगराउन अन्तरिम आदेशसमेत माग गरिएको छ । अघिल्लो संसदले बहुमतले पारित गरेको उक्त विधेयक प्रधानमन्त्री प्रचण्ड भारत जाने दिनमा राष्ट्रपति पौडेलले प्रमाणित गरेका थिए ।

तत्कालिन सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय, शितल निवासमा पठाएको भए पनि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक प्रमाणित गरेकी थिइनन । पहिलो पटक पठाउँदा राष्ट्रपति भण्डारीले संघीय संसद सचिवालयलाई १५ वटा प्रश्न सोधेर फिर्ता गरे पनि त्यसको कुनै जवाफ नदिई कांग्रेस-माओवादी गठबन्धनले बहुमतको आधारमा पुनः प्रमाणिकरणका लागि दोस्रो पटक पुनः सो बिद्येयक शितल निवास पठाईएको थियो ।

त्यसपछि पनि प्रमाणित हुन नसकेको सो विधेयकलाई राष्ट्रपतिले जेठ १७ गते प्रमाणित गरे पछि विवादको घेरामा परेको छ । नयाँ संसद आईसकेको अवस्थामा पुरानो संसदले पठाएको विधेयक प्रमाणिकरण गरेको भन्दै संसद लगायत नागरिक समाजले राष्ट्रपतिको उक्त कदमको विरोध गरिरहेका छन् ।

सोही कदमको बिरोधमा शुक्रबार दर्ता भएको रिटमा आज सुनवाई हुन लागेको हो ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ८ : ३३ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै