स्याङ्जा । स्याङ्जामा तीन पालिका प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लाका ११ पालिकामध्ये पुतलीबजार नगरपालिका, अर्जुनचौपारी र कालीगण्डकी गाउँपालिकाको प्रमुख/अध्यक्षमा महिलाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए । पुतलीबजार नगर प्रमुखमा पुनः सीमाकुमारी क्षेत्री, अर्जुनचौपारी अध्यक्षमा चीनमाया गुरुङ र कालीगण्डकीको अध्यक्षमा माया रानाले उम्मेदवारी दिएका हुन् ।…