३ असार २०८३, बुधबार | June 17, 2026

दार्चुलाबाट कांग्रेसका दिलेन्द्र बडू निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । २८ हजार ५१५ मत ल्याउँदै बडू विजयी भएका हुन् । बडुका प्रतिद्धन्द्धी एमालेका गणेश ठगुन्नाले ठगुन्नाले २६ हजार ३८१ मत पाएका छन् । ठगुन्ना २०७० र २०७४ सालमा दार्चुलाबाट निर्वाचित भएका थिए ।