खोटाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले मतान्तर फेरि बढाएका छन् । लोकतान्त्रिक–वाम गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राईले चार हजार तीन सय १६ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं एमाले संसदीय दलका निवर्तमान प्रमुख सचेतक विशाल…