१६ असार २०८३, मंगलबार | July 1, 2026

एसीसी प्रिमियर कप विजेता खेलाडीलाई जनही ६ लाख रुपैयाँ दिने सरकारको निर्णय



काठमाडौं । नेपाल सरकारले एसीसी प्रिमियर कप विजेता नेपाली राष्ट्रिय टोलीका प्रत्येक खेलाडीलाई ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी  ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन् ।

सोमबार र मंगलबार दुई दिन चलेको एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो । साथै यो जितसँगै नेपालले अब पाकिस्तान र भारत रहेको समूह ए बाट एसिया कप खेल्ने अवसर पनि प्राप्त गरेको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय गरिएको छ ।

मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिन सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री प्रचण्डले लेखेका छन्, ‘आजको मन्त्रिपरिषदको बैठकबाट एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई प्रतिखेलाडी रू. ६ लाख र अफिसियललाई जनही रू. ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको छ।’

बैठकले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्न आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरिएको पनि प्रचण्डले जनाएका छन् । रंगशालालाई अन्तर्राष्ट्रिय गुणस्तरमा विकास गर्ने मन्त्रिपरिषदको निर्णयले नेपाली क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन र क्रिकेट खेलको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि प्रधानमन्त्रीले लिएका छन् ।

‘क्रिकेटमार्फत् नेपालको पहिचान र गौरव बढाउने सम्पूर्ण खेलाडीहरूलाई फेरि एकपटक हृदयदेखि बधाइ एवं धन्यवाद व्यक्त गर्दछु।’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी