काठमाडौं । उच्च अदालत पाटनले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न दिएको आदेशको पत्र जिल्ला अदालत काठमाडौं आइपुगेको छ । यससँगै सन्दीपलाई थुनामुक्त गर्नका लागि केन्द्रीय कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको छ । पाटन उच्च अदालतले हिजो लामिछानेलाई विभिन्न सर्तसहित २० लाख रुपैयाँ धरौटी…