महोत्तरी । लागूऔषध कारोवार गरेको आरोपमा महोत्तरीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका-११ वस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा-९ वस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर-४ वस्ने २१ वर्षीय अरुण कुमार दास छन् । लागूऔषध कारोवार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासवाट खटिएको प्रहरीले…