२ भदौ २०८३, मंगलबार | August 18, 2026

वागमती कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी

काठमाडौं । नेपाली कांग्रेसको वागमती प्रदेशसभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा लामाले इन्द्रबहादुर बानियाँलाई ५ मतले पराजित गर्दै दलको नेतामा चयन भएका हुन् । लामाले २१ मत प्राप्त गरे भने बानियाँले १६ मत प्राप्त गरे । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।