काठमाडौं । नेपालको पूर्वी भू-भागमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुस्सु लागेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ…