१६ बैशाख २०८२, मंगलबार | April 30, 2025

सत्ता गठबन्धनको बैठक जारी, कुन मन्त्रालय कस्ले पाउने ? आजको मुख्य एजेण्डा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा समावेश हुने मन्त्री र मन्त्रालयको भागबन्डा लगाउनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ ।

आज सपथ गराउने तयारीका साथ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको हो । सो गठबन्धनको बैठकको निर्णय पछि आजै नयाँ मन्त्रीहरुको सपथ ग्रहण हुनेछ ।

बालुवाटारमा हिजो बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताईसकेका छन् । जसअनुसार नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्रीसहित ५, नेपाली कांग्रेसलाई  ८, नेकपा एकिकृत समाजवादीलाई २, जनता समाजवादी पार्टी नेपाललाई २, जनमत पार्टीलाई राज्यमन्त्रीसहित २, लोकतान्त्रिक जनता पार्टी नेपाललाई १, नागरिक उन्मुक्ति पार्टीलाई १, आम जनता पार्टीलाई १ र नेपाल समाजवादी पार्टीलाई १ मन्त्रालय दिने सहमति भएको बताइएको छ ।

तर, नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयमा दावी गरेको तथा राष्ट्रिय स्वतन्त्र पार्टीले भागबन्डा नपाएको मात्रै होइनन, कुन पार्टीले कुन कुन मन्त्रालय पाउने भन्नेमा निर्णयमा नपुगे पछि आज बिहान पुनः सत्तारुढ गठबन्धनको बैठक बसेको हो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ९ : ३२ बजे

सरकार र शिक्षक महासङ्घबीच वार्ता जारी

काठमाडौँ । सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीच वार्ता जारी

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

महिला फुटबल खेलाडी उत्पादन गर्दै न्यू डाँफे

खजुरा । बाँकेकै पुरानो मध्यको खजुरा-४ डि गाउँमा रहेको न्यू

प्रचण्डलाई पुनर्वास नगरपालिकामा विशेष स्वागत

कञ्चानपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सहितको अभियान

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ प्रधानमन्त्री कार्यालयमा छलफल

काठमाडौँ । राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन