पोखरा । नेपाल एपीएफ क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वार्टरफाइनलमा बीवाईएससी मिनेसोटा युएसए (अमेरिका)लाई ३–१ गोल अन्तरले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफका लागि रबी थिङले २ तथा आभास लामिछानेले एक गोलको योगदान दिए । मिनेसोटाका लागि मिगल पेलाफक्स एक गोल गरे…