७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

मन्त्री यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको माग



काठमाडौं । जनयुद्धकालमा २७ जना माओवादी कार्यकर्ताको ज्यान जानेगरि घटाइएको गौर नरशंहारको घटनाको जिम्मेवारी लिँदै घटना दोहोर्याउने धम्की दिएकी संघीय मन्त्री रेणु यादवको अभिव्यक्ति तत्कालिन पीडित पक्ष माओवादी केन्द्रबाट कुनै प्रतिक्रिया नआएपनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने मन्त्री यादवलाई पदमुक्त गरिनुपर्ने बताएका छन् । महामन्त्री शर्माले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका हुन् ।

जनमत पार्टी लगायतका पार्टीहरुबाट मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा समेत दिएका छन् । महामन्त्री शर्माले मन्त्रीले भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने सुझाव समेत दिएका छन् ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्काली नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । तत्कालीन फोरमको नेतृत्वमा जसपा अध्यक्ष उपेन्द्र यादव नै थिए । यादव कै नेतृत्वको जसपा अहिले सरकारमा माओवादीसँगै सत्ता साझेदार छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४० बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा