२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

मन्त्री यादवलाई पदमुक्त गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको माग



काठमाडौं । जनयुद्धकालमा २७ जना माओवादी कार्यकर्ताको ज्यान जानेगरि घटाइएको गौर नरशंहारको घटनाको जिम्मेवारी लिँदै घटना दोहोर्याउने धम्की दिएकी संघीय मन्त्री रेणु यादवको अभिव्यक्ति तत्कालिन पीडित पक्ष माओवादी केन्द्रबाट कुनै प्रतिक्रिया नआएपनि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने मन्त्री यादवलाई पदमुक्त गरिनुपर्ने बताएका छन् । महामन्त्री शर्माले गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्ति दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका हुन् ।

जनमत पार्टी लगायतका पार्टीहरुबाट मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।

मन्त्री यादवले पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै पदमुक्त गर्न कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् ।

उनले मन्त्रीको गैरजिम्मेवारी अभिव्यक्तिको निकासका लागि तीन विकल्पमा समेत दिएका छन् । महामन्त्री शर्माले मन्त्रीले भूल स्वीकार र क्षमा याचना गर्नुपर्ने वा सम्बन्धित दलले नै राजीनामा माग्नुपर्ने सुझाव समेत दिएका छन् ।

बुधबार रौतहटमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई लक्षित गर्दै गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिएकी थिइन् ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्काली नेकपा माओवादीले आयोजना गरेको कार्यक्रममा तत्कालीन मधेशी जजअधिकार फोरमका कार्यकर्ताले आक्रमण गर्दा माओवादीका २७ कार्यकर्ताको मृत्यु भएको थियो । तत्कालीन फोरमको नेतृत्वमा जसपा अध्यक्ष उपेन्द्र यादव नै थिए । यादव कै नेतृत्वको जसपा अहिले सरकारमा माओवादीसँगै सत्ता साझेदार छ ।

प्रकाशित मिति : ८ माघ २०७८, शनिबार  ७ : ४० बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको