रुपन्देही । मानव बेचबिखन तथा ओसारपसारका आयाम तथा स्वरुप फेरिएकाले नियन्त्रणमा चुनौती थपिएको जनाइएको छ । वैदेशिक रोजगार, होटल, रेष्टुराँ, बारमा काममा लगाउने नाममा नक्कली विवाह गर्नेजस्ता कार्यले यसको नियन्त्रणका लागि समस्या थपिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा आज बुटवलमा भएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको अभियान कार्यक्रममा सरोकारवालाले मानव बेचबिखन नियन्त्रणका…