६ भदौ २०८३, शनिबार | August 22, 2026

नेपालको इतिहासमा पहिलोपटक महिला क्रु-मेम्बरहरुले मात्रै अन्तर्राष्ट्रिय उडान भरे



काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक नेपाली महिला पाइलट समुहले अन्तर्राष्ट्रिय उडान भरेर रेकर्ड राखेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाल वायुसेवा निगमले युएईका लागि अहिले उडेको आफनो बिमानका सबै क्रु मेम्बर महिलालाई मात्रै राखेर अन्तर्राष्ट्रिय उडान भरेका हुन् ।

यूएईबाट काठमाडौंका लागि आज बिहान उडान भरेको नेपाल एयरलाइन्सको एयर बस ३२० जहासका सबै क्रू मेम्बर महिला मात्रै राखिएको छ । सो जहाज बुधबार बिहान ९ बजेर ५५ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने निगमले जनाएको छ ।

नाइन एन एकेएक्स जहाजको कमाण्ड पाइलट भावना गिरी पन्तले गरेकी छिन भने को-पाइलटमा श्रृजना राउत र एयरहोस्टेसहरुमा बास्ना राना, पुरअन्जक महर्जन, संगिता केसी र अनिशा प्रजापति रहेका छन् ।

यसअघि दुबइ काठमाडाैंका लागि यसअघि पनि दुई महिला पाइलटले अन्तर्राष्ट्रिय उडान भरेका थिए । त सबै क्रु-मेम्बर महिला मात्रै भएर अन्तर्राष्टिय उडान भरेको भने यो पहिलो पटक हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ५३ बजे

सतर्कता केन्द्रको अनुगमन : न सरकारी पोसाकमा कर्मचारी/ न समयमा कार्यालय

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका

सरकार र दुर्गा प्रसाईं समूहबीच १४ बुँदे सहमति

काठमाडौँ । नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

स्वेजको विकल्प बन्दै नर्दन सी रुट ‘आर्कटिक मार्ग’, व्यावसायिक चुनौती कायमै

पेरिस । खाडी क्षेत्रमा जारी अशान्तिका कारण स्वेज नहर हुँदै

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

धनगढी । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन । जिल्लाको खैरहनी नगरपालिका–१ तरकारी चोकस्थित पूर्वपश्चिम राजमार्गमा आज