४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्थाको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत निष्कर्ष समूहका नेताले प्रस्तुत गरिरहेका छन् । महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको…