१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जनआन्दोलनमा ढालिएको राजा वीरेन्द्रकाे सालिक पुनः राखियो



सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बजारमा रहेको स्व.राजा वीरेन्द्रको सालिक १६ वर्षपछि पुनः राखिएको छ । २०६६-०६३ सालको जनआन्दोलनका क्रममा स्व. राजा वीरेन्द्रको सालिक आन्दोलनकारीले ढालेका थिए ।

वीरेन्द्रको सालिक राख्ने विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । एक पक्षले राख्नुपर्ने र अर्काे पक्षले राख्न नहुने विवादकै कारण सालिक स्थापना हुँदै आएको थियो ।

बुधबार दिउँसो स्वतन्त्र सुर्खेतीबासी जनता समूहले राजा वीरेन्द्रको सालिक राखेको हो । गोरक्ष पिठाधीश योगी बलभद्रको अगुवाइमा युवाहरूको समूहले वीरेन्द्रचोकमा सालिक राखेको हो । सुर्खेतको वीरेन्द्रनगर बजार क्षेत्रको गुरुयोजना स्व.राजा वीरेन्द्रले नै बनाउन लगाएकाले उनको सालिक राख्नुपरेको पिठाधीश बलभद्रले बताए ।

वीरेन्द्र २०२३ मा सुर्खेत भ्रमण आएका थिए । उक्त समयमै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाएका थिए । आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाएका थिए । राजाको सालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचोक नामाकरण गरिएको थियो ।

भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको सालिक २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले सालिकको अनावरण गरेकी थिइन् ।

वीरेन्द्रनगरलाई गुरुयोजनासहितको सहर निर्माण गर्ने वीरेन्द्रको सम्मानका यो सहरको नाम राखिएको कालीप्रसाद पाण्डे बताए । ‘२०२३ सालमै अञ्चलाधीश रामबहादुर रावलले त्यस खबतका युवराज वीरेन्द्रको नामबाट यसको नामाकरण गरेका थिए,’ उनले भने, ‘त्यसबखत युवराजको नामबाट नामाकरण भएको यो नेपालकै पहिलो सदरमुकाम र पहिलो सहर पनि हो ।’

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ३ : ५५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर