काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन् । पहिलो खेल बिहान ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ भने दोस्रो खेल अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुनेछ । पोखराको नेतृत्व कुशल भुर्तेलले गरिरहेका छन् भने काठमाडौंका कप्तान करण केसी…