काठमाडौं । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् । शनिवार अपरान्ह काठमाडौँ ओलिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपाल स्थित भारतीय दूतावासले बताएको छ । काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।…