काठमाडौं । मुस्ताङमा भएको तारा एयर दुर्घटनाका मृतकको शव बोकेर नेपाली सेनाको हेलिकोप्टर काठमाडौंका लागि उडेको छ । दुर्घटनास्थलबाट पोखरा ल्याइएका शवलाई परीक्षणका लागि काठमाडौं ल्याइएको हो । आइतबार बिहान भएको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो । आज बिहान फेला परेको जहाजको भग्नावशेष आसापास खोजीकार्य गर्दा २१ जनाको शव फेला परेको थियो ।…