२ मंसिर २०८२, मंगलबार | November 18, 2025

आत्मदाह गर्ने स्व.आचार्यको सम्झनामा नेपालगन्जमा शोकसभा, व्यवसायीको सरकारप्रति आक्रोश



नेपालगन्ज । संघीय संसद भवन अगाडी आत्मदाह गरेका व्यवसायी प्रेम प्रसाद आचार्यको निधनको शोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले बिहिवार धम्वोझीचोकमा शोकसभा गर्दै सरकार प्रति आक्रोश पोखेको छ । नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी आयोजित शोकसभामा उपस्थित उद्योगी,व्यवसायीहरुले आचार्यको निधनमा शोक प्रकट गर्दै सरकारप्रति आक्रोस व्यक्त गरे ।

उनीहरुले धरासायी बन्दै गएको अर्थतन्त्र उकास्न सरकार अनि राष्ट्र बैंकले कुनै उल्लेखिय कदम नचाल्दाको परिणाम उद्योगी,व्यवसायीले अनाहकमा ज्यान गुमाउनु परेको बताए । सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको ब्यवसायीको ठहर थियो ।

इलामको सूर्योदय नगरपालिका निवासी व्यवसायी आचार्य ‘सन्तोष’को संघीय संसद् भवनअगाडि आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएको थियो ।

शोकसभामा बोल्दै नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरकारका अव्यवहारिक र अनुचित नितिका कारण उद्योगरव्यवसाय धराशायी बनेको बताए । उनले आत्मदाहको अवस्था आउनुमा सरकार जिम्मेवार रहेको आरोप लगाउँदै सरकारले सबैखाले अनुचित नीति फिर्ता गरेर व्यवसाय मैत्री नीति ल्याउनु पर्ने बताए ।

संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले राज्यको गलत नीतिका कारण व्यवसायीहरु घर न घाटको अबस्थामा आइपुग्नुपरेको बताए।

हाल उत्पन्न समस्या समाधान गर्दै सहज वातावरण निर्माणको पर्खाइमा बसेका व्यवसायी तथा जनतालाई सरकारका तर्फबाट राहत महसुस हुने कुनै कदम नचालिएको संघका महासचिव चिरञ्जीवी ओलीले बताए । हरेक क्षेत्रमा अनुचित र अव्यवहारिक नीति बनाउदाको परिणाम स्वदेशमै रहेर इलम गर्ने सपना देखेका होनहार व्यवसायी प्रेमप्रसाद आचार्यले अत्यन्तै गम्भीर र मानवजिवनमा अस्वीकार्य कदम चाल्न बाध्य भएको उनले बताए ।

आत्मदाह पूर्ब आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी,व्यवसायी भोग्नुपरिरहेको संघले ठहर गरेको छ । आचार्यले उठान गरेको २५ बुँदालाई कार्यान्वयन गर्न पनि संघले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहिबार  २ : ११ बजे

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु

बञ्जरेडाँडा ल्याण्डफिल्ड साइटमा जनाइएका प्रतिबद्धता कार्यान्वयमा

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिजर्सन गर्न बञ्जरेडाँडा ल्याण्डफिल्ड साइट

पिकोनको उत्प्रेरणा कार्यक्रम

बुटवल । भारतमा विद्युत सामग्रीमा नाम कमाएको पिकोन कम्पनीले रुपन्देहीमा

लुम्बिनी प्रदेशमा पहिलोपटक टाइटनको ‘एक्सक्लुसिभ स्टोर’ बुटवलमा सञ्चालनमा

बुटवल । बुटवलमा विश्वको पाँचौं ठूलो र प्रसिद्ध घडी निर्माता

कीर्तिमानी खेलमा विराटनगरको उत्कृष्ट जित

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो