काठमाडौं । यातायात व्यवस्था विभागले बैशाखदेखि स्थगित गरेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन आजदेखि खुलाएको छ । वैशाख १५ गतेदेखि कोरोना माहामारीका कारण जारी भएको निषेधाज्ञाका कारण रोकिएको नयाँ आवेदन ६ महिनापछि आजबाट खुलेको हो । विभागले लाइसेन्सको आवेदन अनलाइनमार्फत दिन सकिने व्यवस्था गरेको छ । यसका लागि विभागको वेबसाइटमा गएर फाराम भर्नुपर्ने…