काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठानले भदौ १० देखि १२ सम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गरी प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारीले अन्तराष्ट्रिय सम्मेलनबारे जानकारी दिएका हुन् । सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् भने पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समापन गर्नेछन् ।…