बुटवल । लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि लुम्बिनी प्रदेश सभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेको छ। आफ्नो माग पुरा नगरि संसद चलाउन खोजेको भन्दै एमाले सांसदहरुले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्। पार्टीले कारवाही गरेको २ जना सांसदको पदमुक्तको सूचना जारी नहुँदा सम्म संसद चल्न नदिने एमालेले बताउंदै आएको छ…