२ असार २०८३, मंगलबार | June 17, 2026

गण्डकीमा गणना सकिएका १५ क्षेत्रमा को-को भए विजयी !



पोखरा । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये हालसम्म १५ निर्वाचन क्षेत्रको टुंगो लागेको छ । अहिलेसम्मको नतिजा अनुसार कांग्रेस पहिलो, एमाले दोश्रो र माओवादी बराबर भएका छन् ।

कांग्रेसले हालसम्म १० सीट चुनाव जितेको छ भने एमालेले २ सीट तथा माओवादीले २ सीट (नेसपासहित) र बाँकी अर्को सीट स्वतन्त्रले जितेका छन् ।

कांग्रेसले बागलुङका ४ वटै निर्वाचन क्षेत्र, मुस्ताङका दुईवटै निर्वाचन क्षेत्र, गोरखाका २ वटा, तनहुँ र मनाङका १(१) क्षेत्रमा जित निकालेको छ । एमालेले कास्कीको एउटा र तनहुँको एउटा क्षेत्र जितेको छ । माओवादीले म्याग्दी र स्वतन्त्रले मनाङमा चुनाव जिते ।

गोरखा क्षेत्र नम्बर १ (ख) मा कांग्रेसका नन्द्र प्रसाद न्यौपाने, २ (ख) मा सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । यस्तै, बागलुङ १ (क) मा दीपेन्द्रबहादुर थापा, १ (ख) मा डिल्लीराम सुवेदी, २ (क) मा जीत शेरचन र २ (ख) मा दोर्णकुमार कुवँर विजयी भएका छन् । मनाङ (क) मा मुनिन्द्रजंग गुरुङले चुनाव जित्दा मुस्ताङ (क) मा नम्डु गुरुङ र (ख) मा विकल शेरचनले जिते । यस्तै, तनहुँ २ (ख) मा कांग्रेसकै जीत प्रकाश आलेले चुनाव जिते ।

एमालेले तनहुँ २ (क) बाट श्यामराजा महत तथा कास्की २ (क) बाट भीम कार्कीले जितेका छन् ।

माओवादीका रेशम जुग्जालीले म्याग्दी (ख) बाट निर्वाचन जितेकाछन् । यस्तै, माओवादीकै चुनावचिन्हबाट गोरखा २ ((ख)बाट उठेका फणिन्द्र देवकोटा पनि विजयी भएका छन् ।

मनाङको (ख) बाट स्वतन्त्र उम्मेद्वारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे सर्वसम्मत निर्वाचित भएका हुन् । अब गण्डकीमा २१ सीटको नतिजा आउन बाँकी छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ८ : ५६ बजे

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा । जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ