नेपालगन्ज । बाँकेमा सरुवा भएर आएका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले प्रहरी भित्र पनि विभिन्न खालका तत्वहरु भएको स्विकार गरेका छन् । बुधबार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै एसपी अधिकारीले प्रहरी भित्र रहेको गलत तत्वलाई हटाउने कार्य आफ्नो प्राथमिकतामा पर्ने बताए । उनले प्रहरी भित्रको गलत तत्वलाई शुद्धिकरण गर्दै लैजाने बताउँदै आफु आउँदा आउँदै सादा…