काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या फेरि बढेको छ ।
स्वास्थ्य मन्त्रायका अनुसार बुधबार २८९२ जना संक्रमित थपिएका छन् । यो यसअघिका केही दिन यताको सबैभन्दा धेरै हो ।
कोरोना संक्रमण कम भएका कारण निषेधाज्ञामा छुट दिइएसँगै संक्रमणको दर पनि पुनः बढेको देखिएको छ ।
कोरोना अपडेट
२४ घण्टाको बीचमा ३५९७ जना संक्रमणमुक्त भएका छन् । यस्तै ४१ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया