काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भए पछि मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाले कोरोना सङ्क्रमण जितेका…