म्याग्दी । तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ (पिसाबमा प्रोटिन चुहिने) समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौं धाए । पर्वतको जलजला गाउँपालिका-३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन र तीन महिनामा काठमाडौं पुगिन । तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक…