८ पुस २०८२, मंगलबार | December 23, 2025

कर्मचारीको तलब मासिक २ हजार बढ्यो

काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९को वार्षिक बजेट सार्वजनिक गर्दै कर्मचरीको तलब बढाएका हुन् । अर्थमन्त्री पौडेलले आगामी साउन १ गतेदेखि लागु हुनेगरी मासिक २ हजार रुपैयाँ बढाएको घोषणा गरेका छन् । कर्मचारीको तलब वृद्धि गर्न कर्मचारी संगठनहरुले दबाब दिइरहेका थिए ।