७ आश्विन २०८३, बुधबार | September 23, 2026

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ



काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संसदीय सुनुवाइ समितिको मङ्गलबारको बैठकबाट सर्वसम्मत रुपमा अनुमोदन भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी थिइन ।

उच्च अदालत विराटनगरको मुख्य न्यायाधीश रहेका श्रेष्ठलाई गत फागुन २६ गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार्नुभएको तथा सबैभन्दा बढी मुद्दा छिनोफानो गर्ने न्यायाधीशका सूचीमा पर्दैै आएका छन् ।

न्याय परिषद्ले उनको नाम सर्वोच्च अदालतका लागि मनोनयन गरी संसदीय सुनुवाइका लागि गत फागुन २७ गते समितिमा पठाएको थियो । उनले अदालतमा मुद्दा छिनोफानोका क्रममा विद्युतीय प्रणाली अवलम्बन, पेसी र फैसला तयारीबारे सेवाग्राहीलाई जानकारी, स्थानीय तहका पदाधिकारीसँग मुद्दा छिनोफानोका सम्बन्धमा अन्तरक्रिया र प्रशिक्षण, अदालतमा निःशुल्क कानुनी फाँट, न्यायिक सञ्जाल, ‘मिट दी जज’ तथा फैसलामा हार्ने पक्षलाई चित्त बुझाउने फैसला लेखनजस्ता महत्वपूर्ण कार्यको सुरुआत गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ४ : १९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई