२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार, प्रधानन्यायाधीशको बर्खास्तीको माग

काठमाडौं । झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो । बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ ।…