१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासः एकको मृत्यु, चारजना भेन्टिलेटरमा



काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिका-६ रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला परेका छन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिई बसेको एकै परिवारका ५ सदस्य विषादी औषधि सेवन गरेर बेहोस भएको अवस्थामा फेला परेका हुन् ।

आत्महत्याको प्रयास गरेका पाँचमध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको उपचार भइरहेको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१५ डल्लु स्थायी घर भएका ३३ वर्षीय सुर्वणमान प्रधान रहेका छन् भने बेहोस अवस्थामा रहेका अन्य घाइतेहरुको ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षका भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । भेन्टिलेटरमा उपचाररत उनीहरू चारै जना अझै बोल्न सक्ने अवस्थामा छैनन् ।

उनीहरुले विषादी औषधि सेवन गर्नुको कारण तथा समय नखुले पनि हाल प्रहरीले घटनास्थलबाट सुसाइड नोट फेला पारेको छ । आर्थिक अवस्था बिग्रिएको, विरामी भएको लगायत विषय सुसाइड नोटमा उल्लेख रहेको प्रहरी स्रोतको भनाई छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५० बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित