बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुको प्रयोगशालाहरुको शुल्क निर्धारण गरेपनि बिभिन्न कारणहरु देखाउँदै सरकारी निर्णयको बेवास्ता गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले आजबाट पीसीआर शुल्क घटाएको छ । लामो समयदेखि सरकारको निर्णय बिपरित २ हजार रुपैयाँ लिँदै आएको अस्पतालले आजबाट शुल्क घटाएर १ हजार बनाएको छ । अस्पतालको आन्तरिक स्रोत लगायतको कारण देखाउँदै मन्त्रालयको…