काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले देशमा विकसित पछिल्ला राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्य छाएको बताएका छन । उनले जनतामा नैराश्यता आउनु देशका लागि दुःखद् कुरा भएकाे उल्लेख गरेका छन । तमु (गुरुङ) समुदायको चाड तमु ल्होछार/ल्होसार २०७७ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी…