बुटवल । कालिगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्याउने मुख्य उद्देश्यका साथ परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अगाडि बढाईएको छ । आयोजनालाई मुर्तरुप दिन आजदेखि बुटवलका कालिकानगरमा आयोजनाको कार्यालय स्थापना गरिएको छ । आजबाट संचालनमा आएको कार्यालयको संघीय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उदघाटन गरेका छन् । शनिबार बुटवलमा…